Logo

चुनावी तालमेल भएपनि भरतपुर महानगर अरुदललाई नदिने: प्रचण्ड



 

काठमाडौँ, १६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुबीच चुनावी तालमेल भएपनि चितवनको भरतपुर महानगर अरुदललाई नदिने बताएका छन्।

आज विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा दाहालले यस्तो बताएका हुन्।
दाहालले गठबन्धन भएको अवस्थामा महानगरपालिका र उपमहानगरपालिकाबारेको निर्णय केन्द्रबाटै लिने सहमति भएको भन्दै आफुले भरतपुरचाँही अरुलाई नछोड्ने बताए ।

‘महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाट नै तालमेल गर्ने भन्ने छ, भरतपुर महानगरपालिकामा हामी अरुलाई छाड्ने पक्षमा छैनौँ।’

भरतपुर महानगरपालिकामा कांग्रेससँग गठबन्धन गरेर २०७४ सालको निर्वाचनमा प्रचण्ड पुत्री रेणु दाहालले मेयर जितेकी थिइन्। तर पछिल्लो समय त्यहाँ माओवादीलाई मेयर दिन कांग्रेसको स्थानीय कमिटी तयार छैन।

प्रतिक्रिया दिनुहोस्