Logo

दैनिक ४ लाख थान मतपत्र छापिँदै



काठमाडौँ, २४ चैत । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाइको काम तीव्र गतिमा भइरहेको जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्रमा दैनिक चार लाख थानका दरले मतपत्र छपाइको काम भइरहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । सुरुमा उच्च हिमाली र हिमाली जिल्लाका लागि मतपत्र छपाइको काम भइरहेको र क्रमशः पहाडी, तराई र सुगम जिल्लाका मतपत्र छापिने उनले जानकारी दिए ।

आयोगले स्थानीय तह निर्वाचनका लागि एक करोड ९४ लाख थान मतपत्र छापिने जनाएको छ । मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार जना भए पनि आठदेखि २५ प्रतिशतसम्म जगेडा राख्नुपर्ने भएकाले एक करोड ९४ लाख थान छाप्नुपरेको आयोगको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्