Logo

स्थानीय तह निर्वाचन: सेना परिचालन गर्न स्वीकृति



काठमाडौँ, २९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।

पालिका निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रपति भण्डारीले स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

गएको चैत १७ गतको राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस, २४ गतेको मन्त्रिपरिषद्को निर्णय र २४ गतेको प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले पालिका निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्