Logo

वर्षाले भनिन्: श्रीमतीको रूपमा यात्रा सुरु



काठमाडौँ, १४ वैशाख । अभिनेत्री वर्षा सिवाकोटीले विवाहको तस्बिर सार्वजनिक गर्दै श्रीमतीको रूपमा यात्रा सुरु भएको बताएकी छन् ।

वर्षाले केही दिन अगाडि गोप्यरुपमा विवाह गरेकी थिइन् । शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्ला रिसोर्टमा नजिकका आफन्त र साथीभाइको उपस्थितिमा अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग उनले लगनगाँठो कसेकी हुन् ।

वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । वर्षा केही महिनाअघि मात्रै अमेरिका पुगेकी थिइन् । अमेरिका बसाइका क्रममा नै उनले बिहेको टुङ्गो लगाएर नेपाल फर्किएको निकटस्थहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्