काठमाडौं, २२ भाद्र । भदौ २६ गतेबाट रिलिज हुने फिल्म ‘बेहुली’ को ट्रेलरलाई युट्युवमा रुचाइएको छ। आइतबार सार्वजनिक गरिएको ट्रेलरले छोटो समयमै आक्रामक क्रेज बनाएको हो।
सार्वजनिक भएको जम्मा १८ घन्टाभित्रै ट्रेलरले नेपालको मुभितर्फको युट्युब ट्रेन्डिङको शीर्ष स्थान (नम्बर १) जमाउन सफल भएको हो। नेपाली दर्शकहरूको बाक्लो उपस्थिति रहेका खाडी मुलुकदेखि युरोपसम्म यसले आफ्नो बलियो प्रभाव छाड्दै विश्वका ११ देशहरूको ट्रेन्डिङ चार्टमा सानदार इन्ट्री मारेको छ।
कुवेतमा दोस्रो, कतार र रोमानियामा चौथो, साउदी अरबमा नवौँ, पोर्चुगलमा दशौँ, मलेसियामा एघारौँ, दक्षिण कोरियामा बाह्रौँ, जापानमा तेह्रौँ, यूएईमा चौधौँ र अष्ट्रेलियामा पन्ध्रौँ स्थान ओगट्दै यो चलचित्रले ग्लोबल प्लेटफर्ममा कब्जा जमाउन सफल छ।
यस फिल्मको कुल कमाइबाट निर्माताको भागमा पर्ने सम्पूर्ण रकमको ५ प्रतिशत हिस्सा प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमार्फत भोटेकोसीका बाढी प्रभावितलाई दिइने घोषणा गरिसकेको छ।
पारस बम ठकुरी र दिव्या रायमाझी मुख्य भूमिकामा छन्। साथै सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका अभिनय छ।
चर्चित संगीतकार अर्जुन पोखरेल निर्माता रहेको फिल्ममा सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको छ। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको यस चलचित्रका निर्माता प्रताप शमशेर राणा हुन्।






