Logo

आथिया र केएल राहुलको विवाहबारे बोले पिता सुनिल



भारत, २९ वैशाख । बलिउड अभिनेत्री आथिया शेट्टी र भारतीय क्रिकेट टोलीका उपकप्तान केएल राहुलको विवाहको खबरमा उनका पिता सुनील शेट्टीले आफ्नो प्रतिक्रिया दिएका छन् ।

सुनिलले आफ्नो छोरीको बिहे एक दिन अवश्य हुने र आफूलाई केएल राहुल मनपर्ने बताएका हुन् ।

उनले थपे, ‘आथिया मेरी छोरी हुन् र उनको एक दिन अवश्य विवाह हुनेछ । म चाहन्छु कि मेरो छोराको पनि बिहे चाँडो होस् । यो उनीहरूको रोजाइ हो। जहाँसम्म केएल राहुलको सवाल छ, मलाई उनी मनपर्छ। तिनीहरूले के गर्न चाहन्छन् भनेर उनीहरुले नै निर्णय गर्ने हो, किनभने समय परिवर्तन भएको छ। अहिले छोरी र छोरा दुवै जिम्मेवार भइसकेका छन् । उनले जे निर्णय गरे पनि मेरो आशिर्वाद सधै उनको साथमा छ ।

प्रतिक्रिया दिनुहोस्