Logo

पलेशा र किरण वर्ष उत्कृष्ट खेलाडी



काठमाडौँ, १८ भदौ । नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भएका छन् ।

राखेपको ५९ औँ वार्षिकोत्सवको अवसरमा आज शनिवार आयोजना भएको कार्यक्रममा राखेपले फुटबलका किरण र पारा तेक्वान्दोकी पलेशालाई सम्मान गरेको हो ।

विदेशी क्लबमा व्यावसायिक फुटबलदेखि २०७७ मा थ्री नेसन्स कपको उपाधि जित्दाका किरण नेपाली फुटबल टोलीका कप्तानसमेत रहेका थिए । दुई हप्ताअघि मात्र किरण सम्मिलित माल्दिभ्सको माजियाले माल्दिभ्स लिग र एएफए कपको उपाधि जितेको थियो ।

यस्तै गएको वर्ष जापानमा भएको पारा आलम्पिकमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेकी पलेशाले मङ्सिरमा एसियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जितेकी थिइन् । उनले ५७ केजीमुनि के ४४ तर्फ पहिलो स्थान प्राप्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्