Logo

महाअभियोग सिफारिस समिति: जबरासित आज पनि बयान लिइँदै



काठमाडौँ, १९ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासित प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिमा आज पनि बयान लिइँदै छ ।

समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको कार्यक्षमा बिहान ११ बजे बस्ने तय छ । जबरासित तेस्रो दिन बयान लिन लागिएको हो ।

गएको बुधबार पहिलो दिन बयान लिइएको थियो । त्यस दिन उनलाई पाँच प्रश्न सोधिएको थियो । दोस्रो दिन बिहीबार दुई प्रश्न मात्र सोधिएको थियो । आज थप प्रश्नहरू सोधिनेछ ।

प्रतिक्रिया दिनुहोस्