Logo

पोर्चुगललाई पराजित गर्दै स्पेन फाइनल फोरमा



पोर्चुगल, १२ असोज । पोर्चुगलमाथि झिनो जित निकाल्दै स्पेन युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेका छन् ।

स्पेनले घरेलु टोलीलाई १-० ले पराजित गर्दै फाइनल फोरमा स्थान पक्का गरेको हो ।

स्पेनको जितमा खेलको अन्तिम समयमा अल्भारो मोराटाले गरेको गोल नै निर्णायक बन्यो । उनले ८८औं मिनेटमा निको विलियम्सको पासमा गोल गर्न सफल भएका थिए ।

यस जितसँगै स्पेन नेसन्स लिग ए ग्रुप २ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा रहँदा स्वीट्जरल्यान्डले ९ तथा चेक रिपब्लिकले ४ अंक जोड्यो ।

प्रतिक्रिया दिनुहोस्