Logo

वामपन्थी आन्दोलनको मुख्य शक्ति एमाले हो: पोखरेल



काठमाडौँ, १३ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वामपन्थी आन्दोलनको मुख्य शक्ति नेकपा एमाले नै भएको दाबी गरेका छन् ।

काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टी निर्माणका लागि सबै कम्युनिष्ट कार्यकर्ता एमालेमा समाहित हुनुपर्ने बताए ।

उनले गत स्थानीय निर्वाचनले नेपालको मुख्य पार्टी कुन हो भन्ने निर्क्यौल गरिदिएकाले कोही पनि अन्य पार्टीमा अलमलिनु नपर्ने बताए ।

उनले भने, ‘मुलुकको सबैभन्दा ठूलो पार्टी भएर पनि हाम्रो पार्टीलाई षडयन्त्रपूर्वक सरकारबाट बाहिर राख्ने काम भएको छ । यो षडयन्त्रलाई आगामी निर्वाचनबाट पराजित गरी एमाले सरकार गठन गर्ने गरी विजय प्राप्त गर्नतर्फ लाग्नुपर्छ ।’

एमाले विरूद्धको घेराबन्दी देशभक्तिमाथिको घेराबन्दी भएको उल्लेख गर्दै स्वाधीनता, स्वाभिमान माथिको घेराबन्दी भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्