Logo

याे मेराे अन्तिम विश्व कप: मेस्सी



कतार, २८ मंसिर । अर्जेन्टिनी फुटबलका कप्तान लियोनल मेस्सीले आफ्ना लागि यो अन्तिम विश्व कप भएको बताएका छन् ।

हिजो मङ्गलवार क्रोएसियालाई हराएर फाइनलमा पुगेसँगै मेस्सीले आफ्ना लागि यो अन्तिम विश्व कप भएको बताएका बीबीसीले जनाएको छ ।

कतारमा चलिरहेको विश्व कपमा मेस्सीले पाँच गोल गरिसकेका छन् । उनले आफ्नो देश फाइनलमा पुग्दा निकै खुसी लागेको र यो नै आफ्नो अन्तिम विश्व कप हुने बताएका हुन् ।

पाँचौँ पटक विश्व कप खेलिरहेका मेस्सीले एक पटक पनि विश्व कपको उपाधि दिलाउन सकेका छैनन् । मेस्सीले अर्जेन्टिनाबाट विश्व कपमा सबैभन्दा धेरै ११ गोल गरेका छन् भने आउँदो फाइनलमा उनले विश्व कपमा आफ्नो २६ औँ खेल खेल्दैछन् । अहिलेसम्म विश्व कपमा २६ औँ खेल खेल्ने मेस्सी एक्ला खेलाडी बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्