Logo

वर्षमान पुनकाे स्वास्थ्यमा सुधार, आज स्वदेश फर्कँदै



चीन, ५ पुस । उपचारका लागि चीन गएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त आज स्वदेश फर्कँदै छन् । स्वास्थ्यमा सुधार आएपछि उनी नेपाल फर्कन लागेका हुन् ।

पुन चाइना साउथर्न एअरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै आज दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने भएका हुन् ।

वंशाणुगत जण्डिसबाट पीडित पुनमा धपेडीका कारण रोग बल्झिएपछि गएको मंसिर १६ गते फलोअप उपचारका लागि चीन गएका थिए ।

उनको चीनको सेनजेनमा रहेको थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको हो । पुन पत्नी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले उ‍नको स्वास्थ्यमा सुधार आएको जानकारी दिइन् ।

पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुची तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिएका थिए । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ । यसअघि गएको वर्ष पनि यस्तै रोगले च्यापेपछि उनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्