Logo

स्वास्थ्य क्षेत्र सुधारका लागि नेपालले पायो एक करोड ८८ लाख डलर



काठमाडौँ, २७ वैशाख । सरकारले एक करोड ८८ लाख अमेरिकी डलरको परियोजना प्राप्त गरेको छ ।

सरकारले यो रकम स्वास्थ्य क्षेत्र सुधारका लागि ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजना अन्तर्गत प्राप्त गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले जानकारी दिनुभयो।

नेपाल सरकारको नेतृत्वमा विश्व स्वास्थ्य संगठन, युनिसेफ र एफएओको संलग्नतामा परियोजना तीन वर्ष चल्ने छ ।

अनुदानमा आधारित यो परियोजना १७९ आवेदकबाट नेपाल पनि छनोट भएको हो। डा. बुढाथोकीका अनुसार परियोजनाको रकम जनशक्ति उत्पादन, प्रयोगशाला विस्तार र सुधारलगायत क्षेत्रमा खर्च गरिने छ ।

बिहीबार नेपाल सरकार, युनिसेफ, विश्व स्वास्थ्य संगठन र अन्य साझेदार संस्थाका पदाधिकारीको उपस्थितिमा स्पिड’ परियोजनाको शुभारम्भ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्