Logo

बिर्तामोड–७ मिलडाँडामा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकबाट सेवा



झापा, ३० साउन ।  बिर्तामोड नगरपालिका–७ मिलडाँडामा बिरामीहरूको उल्लेख्य उपस्थितिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सत्य शाही केन्द्र अनारमनी, झापाको आयोजनामा तथा बिर्तामोड–७ वडा कार्यालयको समन्वयमा शिविर सञ्चालन गरिएको हो।

शिविरमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. लक्ष्मी मैनालीपेट तथा कलेजो रोग विशेषज्ञ डा. दिपेन्द्र प्रकाश ओलीसहित बालरोग विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरिएको छ।

शिविरमा हाडजोर्नी, नशा, पेट तथा कलेजोसम्बन्धी समस्या भएका बिरामीको स्वास्थ्य जाँच तथा आवश्यक परामर्श दिइएको छ। साथै फिजियोथेरापी सेवा र निःशुल्क औषधि वितरणको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

स्थानीय बासिन्दालाई घरआँगनमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको सत्य शाही केन्द्र अनारमनीकी अध्यक्ष तारा उप्रेती बिमलीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्