Logo

शेखर कोइरालाद्वारा गगनलाई संसदीय दलकाे नेताकाे उम्मेदवार बनाउने प्रस्ताव



फाइल तस्बिर

काठमाडौँ, ५ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गरेका छन् ।

मङ्गलवार काठमाडौँको एक होटलमा आफू निकट सांसद र केन्द्रीय सदस्यको भेला राखेर कोइरालाले थापालाई प्रस्ताव गरेका हुन् । थापाको प्रस्तावकमा नेता शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ रहने छन् ।

आउँदो १५ औँ महाधिवेशनमा कोइरालालाई सर्वसम्मत सभापतिको उम्मेदवार बनाउने सर्तमा गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउने निर्णय भएको हो ।

कांग्रेस संसदीय दलको चुनावका लागि आज दिउँसो मनोनयन दर्ताको समय तोकिएको छ । भोलि बुधवार बिहान ८ बजेदेखि चुनाव हुनेछ ।

प्रतिक्रिया दिनुहोस्