Logo

सभापति देउवालाई वरिष्ठ नेता पौडेलको समर्थन



काठमाडौँ, ५ पुस । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गर्ने भएका छन् ।

दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दिएका सभापति देउवालाई समर्थन गर्ने नेता पाडैलले सञ्चारकर्मीलाई जानकारी दिए ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुराकानी गदै नेता पौडेलले भने, “अहिलेको परिस्थितिमा म सभापति देउवालाई समर्थन गर्छु, उहाँलाई निर्विरोध संसदीय दलको नेता बनाउनुपर्छ भन्ने मेरो धारणा हो ।”

कांग्रेस संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्