Logo

त्रिविका क्याम्पसमा स्ववियु चुनावको चहलपहल बढ्यो



काठमाडौँ, २० फागुन । आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन, स्ववियु चुनावको लागि त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा चहलपहल बढेको छ । चुनावी कार्यक्रम अनुसार शुक्रबार क्याम्पसहरुमा विद्यार्थी सङ्गठनहरुले आ-आफ्नो सङ्गठन दर्ता गराएका छन् ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनले उत्साहपूर्वक चुनावमा सहभागी हुनका लागि सङ्गठन दर्ता गराएको बताए ।

चुनावी कार्यतालिकाअनुसार विद्यार्थी सङ्गठनले फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुनेछ ।

स्ववियुको उम्मेदवार हुन २८ वर्षे हदम्याद तोकिएको छ । यसैबीच स्ववियु चुनावमा ८ दलीय गठबन्धनका भ्रातृ विद्यार्थी सङ्गठनले तालमेलको प्रयास थालेका छन् । ८ दलमध्ये नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी सङ्गठन बनेको छैन । अरु ७ दलकै विद्यार्थी सङ्गठन छ ।

प्रतिक्रिया दिनुहोस्