Logo

प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य भट्टराईसहित साहित्यकार र विद्यार्थी सम्मानित



मेचीनगर, २७ फागुन । रामप्रसाद देवी ओली प्रतिष्ठान तथा बिष्णुदेवी ओली अक्षयकोषद्वारा सामाजिक क्षेत्रमा योगदान पुर्याउने स्रष्टा र विद्यार्थीहरुलाई शनिबार सम्मान गरिएको छ ।

मेचीनगर-७ स्थित गोमनसरीमा आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य शुभद्रा भट्टराई अर्यालसहित भारत दार्जिलिङमा रहेर साहित्यमा कलम चलाउने साहित्यकार कमल रेग्मी, सामाजिक व्यक्तित्व गोविन्द घिमिरे, हर्कबहादुर भुजेल, दिलमाया बस्नेत तथा विद्याथीहरु लगायतलाई सम्मान गरिएको हो ।

पूर्व प्रज्ञा सदस्य भट्टराईलाई नगद ५ हजार १ सय नगदसहित दोसल्ला आढाएर सम्मान पत्र प्रदान गरिएको थियो भने स्रष्टा रेग्मीलाई नगद ११ हजार १ सयसँगै सम्मान गरिएको छ ।

उक्त कार्यक्रममा प्रतिष्ठानले विद्यार्थी विजय तामाङ, प्रजिता खनाल, कृष्टिना गौतम, विजय श्रेष्ठ, निरज राउत लगायतलाई नगद पाँच हजारसहित सम्मान गरेको थियो ।

सो अवसरमा विद्यार्थीसँगै विभिन्न क्षेत्रबाट उपस्थित भएका साहित्यकारहरुले कविताहरु प्रस्तुत गरेका थिए ।

भानु साहित्य प्रतिष्ठान मेचीनगरका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्यकारहरु भिम खवास, विनोद खनाल, केन्द्रप्रसाद भट्टराई, भगवती ढुंगेल लगायतले कवितासँगै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्