Logo

अजय देवगनको नयाँ फिल्म ‘मैदान’को टिजर सार्वजनिक



काठमाडौँ, १८ चैत । अजय देवगनको बहुप्रतिक्षित फिल्म मैदानको टिजर सार्वजनिक भएको छ । फिल्ममा अजय देवगनले फुटबल प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् ।

फिल्ममा अजय देवगनसँगै साउथ अभिनेत्री प्रियमणी, गजराज राव र बंगाली अभिनेत्री रुद्राणी पनि मुख्य भूमिकामा छन् ।

यस्तै, फिल्मलाई अमित रवीन्द्रनाथ शर्माले निर्देशन गरेका छन् । यो फिल्म २३ जुन २०२३ मा प्रदर्शन हुने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्