Logo

सुडानमा भिडन्त जारी: मृत्यु हुनेको सङ्ख्या ४१३ पुग्यो



सुडान, ११ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको छ ।

सङ्गठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्त राष्ट्रसङ्घको पत्रकार सम्मेलनमा सुडान सरकारको तथ्याङ्कअनुसार द्वन्द्वमा ४१३ जनाको मृत्यु भएको र तीन हजार ५५१ जना घाइते भएको जानकारी दिए ।

देशको सेना र अर्धसैनिक ¥्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच जारी भिडन्तको एक हिस्सा हो । उनले अप्रिल १५ यता १० सहित स्वास्थ्य संस्थामा ११ वटा आक्रमण भएको पुष्टि भएको बताए ।

पत्रकार सम्मेलनमा युनिसेफका प्रवक्ता जेम्स एल्डरले भने,“यो लडाईंले बालबालिकामा विनाशकारी असर पारेको स्पष्ट छ । अहिले हामीसँग कम्तीमा नौ जना बालबालिकाको मृत्यु भएको र कम्तीमा ५० जना घाइते भएको समाचार प्राप्त भएको छ ।”

लडाइँ जारी रहँदा पिडित बालबालिकाको सङ्ख्या उल्लेख्यरूपमा बढ्ने देखिएको उनले बताए ।

एल्डरका अनुसार द्वन्द्वका कारण ठूलो सङ्ख्यामा मानिसहरु फसेका छन् र उनीहरुसँग विद्युतको पहुँच छैन । उनीहरूलाई खाना, पानी र औषधिको अभाव छ । उनले भने, “हाम्रो गम्भीर चिन्ताको विषय भनेको आक्रमणको चपेटामा परेका अस्पतालहरू हुन् ।”

प्रतिक्रिया दिनुहोस्