Logo

उपचुनाव: बारा-२ मा यादवलाई पछि पार्दै कुशवाहाकाे अग्रता



बारा, ११ वैशाख । प्रतिनिधि सभा सदस्यको उपचुनावअन्तर्गत बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले अग्रता लिन सुरु गरेका छन् ।

पछिल्लो मतपरिणामअनुसार जनमतका कुशवाहाले आठ सय ९५ मत प्राप्त गरेका हुन् । उनले जनमत समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवलाई पछि पारेका छन् ।

यादवले सात सय ८७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका पुरुषोत्तम पौडेलले पाँच सय २३ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले दुई सय ३६ मत प्राप्त गरेका हुन् ।

एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका यो क्षेत्रमा ६८ हजार आठ सय ८८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्