Logo
  बैशाख ६, २०८१ बिहीबार

वरिष्ठ साहित्यकार काइँलालाई एक लाख राशिको पुरस्कार



काठमाडौँ, १६ वैशाख । नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ ।

प्रथम लेखक दिवका अवसरमा आज आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरेका हुन् ।

सो पुरस्कारको राशि रु एक लाख रहेको छ ।

उक्त अवसरमा उपप्रधानमन्त्री खड्काले मुलुकको राजनीतिक परिवर्तनमा स्रष्टा, साहित्यकारको अतुलनीय योगदान रहेको बताए ।

“राजनीतिक नेतृत्वले खुट्टा कमाइरहेका बेला स्रष्टा सहित्यकारका तर्फबाट परिवर्तनका लागि महत्वपूर्ण योगदान रह्यो”, उनले भने । अधिनायकवादी सोच परास्त गर्न साहित्यकार काइलाले गरेको योगदान बिर्सन नसकिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्