Logo

पुरानो घरमा ‘ट्युबवेल’ मञ्चन



काठमाडौँ, १९ असार । गत शुक्रबारदेखि सिनामङ्गलस्थित पुरानो नाटक घरमा तराईका किसानहरूले सिँचाइसम्बन्धी भोगेका समस्यालाई उठान गरिएको नाटक ‘ट्युबवेल’ मञ्चन भइरहेको छ ।

रोशन सुवेदीको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा निशा दाहाल, अरविन्दकुमार मौर्य, भुवन लुहार, श्रवण यादव, राजीव चौधरी, कुन्दन थारु, रोहित रजकलगायत कलाकारले अभिनय गरिरहेका छन् ।

“यसको कथा विसं २०५६ सेरोफेरोको हो । यद्यपि तराईको अवस्था अहिले पनि उस्तै छ । त्यसैले यसलाई नाटकमा प्रस्तुत गरेका छौँ”, निर्देशक सुवेदीले भने । उनको यो पहिलो निर्देशकीय नाटक हो ।

नाटकमार्फत काठमाडौँमा तत्कालीन तराईका जिल्लाहरूको परिवेश देखाइएको छ । नाटक आउँदो साउन १५ गतेसम्म मञ्चन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्