Logo

दिवास्वप्न



म बगैंचाको कल्पनामा मस्त थिएँ
तिमी संसार खोज्दै रहे छौ ।
म मुस्काएका सुन्दर बुट्यान फूलाउने चेष्टा गर्दै थिएँ
तिमी रुवाउने शोक तयारी गर्दै रहेछौ ।

म आफै माला सिगार्दै थिएँ
तिमी सफेद च्यादर बुन्दै रैछौ ।
संगीतमय स्वागतमा तिमीलाई आलिङ्गनमा कल्पिदै थिएँ
एकोहोरो शंखधुन तिमीले चुनेछौ ।
तिम्रो सौन्दर्य निखार्न म अनेक प्रयत्न गर्दै थिएँ
आफ्नै कुरुपतामा तिमी रुमलिए छौ । ।

तिमी तिम्रै थियौ म आफ्नो बनाउन खोज्दै थिएँ
तिमीसँगै कुटी अनि आफ्नो संसार रच्दै थिएँ ।।
तिमी तिम्रै हुँदै थियौ
म, हामी भन्दै थिएँ । ।
म, हामी भदै थिएँ।।।

मञ्जला भट्टराई, भद्रपुर, झापा

 

प्रतिक्रिया दिनुहोस्