Logo

मनकामना कलेजमा रचना वाचन कार्यक्रम सम्पन्न



बिर्तामोड, १३ पुस । मनकामना क्याम्पस साहित्यिक परिवारले साहित्यिक रचना वाचन कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।

परिवारका अध्यक्ष प्रियंका उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा मनकामना क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईं, क्याम्पसका शैक्षिक संयोजक कुमार थपलिया, प्राध्यापक सुरेश खतिवडालगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा विद्यार्थीहरुले क्रमश: गजल, गित, मुक्तक, कविता आदि प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा सहायक क्याम्पस प्रमुख प्रसाईं, क्याम्पसका शैक्षिक संयोजक थपलिया लगायतले आ-आफना धारणा राखेका थिए ।

परिवारका सचिव भरत प्रसाईंले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य सुजन कठेतले गरेका थिए ।alt

विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले मनकामना कलेज बिर्तामोडमा वि.सं.२०७२ सालमा स्थापित यस परिवारले विभिन्न समयमा विविध कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्