Logo
  बैशाख ५, २०८१ बुधबार

काठमाडौँ ट्याक्सी व्यवसायीहरुको आन्दोलन



काठमाडौँ, ९ फागुन । ट्याक्सी व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलन शुरु गरेका छन् ।

सरकारले आफूहरुलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय गरेको भन्दै उनीहरुले त्यसको विरोधमा काठमाडौँको तीनकुनेमा र्‍यालीसहितको विरोधसभा आयोजना गरेका हुन् ।

१० लाख क्षतिपूर्ति दिएर मात्रै विद्युतीय टयाक्सी खरिद गर्ने प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्दै आफूहरुले विरोधको कार्यक्रम शुरु गर्नु परेको ट्याक्सी व्यवसायी स्वरोजगार मजदुर संघर्ष समितिका संयोजक राम थापाले बताए । संघर्ष समितिले विद्युतीय टयाक्सी खरिदमा भन्सार छुट गर्न पनि सरकारलाई दबाब दिएको छ ।

उनीहरुले नेपाली पहिचान हुने गरी इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गर्न, बीमामा हुने झन्झटिलो प्रक्रिया हटाउन पनि सरकारसँग माग गरेका छन् । टयाक्सी व्यवसायीहरुले स्वस्थ प्रतिस्पर्धाको आधारमा टयाक्सी खरिद गर्न पाउनुपर्नेतर्फ पनि सरकारको ध्यानकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्