Logo

किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई सभापति लामिछानेको चेतावनी



काठमाडौँ, १० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशभरका दूग्ध किसान र मह किसानहरू मारमा पर्दा पाउडर दूध र नक्कली मह विदेशबाट आयात भइरहेको बताएका हुन् । उनले किसानको आन्दोलनलाई नजरअन्दाज गरे उनीहरूले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्ने चेतावनी दिए ।

रविले भने, ‘मेरो निर्वाचन क्षेत्र र देशभरका दूध र मह किसानहरू मारमा परेका छन् । अर्कोतिर पाउडर दूध र नक्कली मह विदेशबाट आयात भइरहेको छ । किसानको आन्दोलनलाई नजरअन्दाज गरे उनीहरूले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्दछन् । होसियार रहनुहोला ।’

प्रतिक्रिया दिनुहोस्