Logo

‘ए होर’ ले दर्शकको मन जित्दै



मेचीनगर, ३ चैत । सामाजिक विसंगति, विकृति र समाजभित्रका विविध पक्षलाई हाँस्य व्यङग्य क्षेत्रबाट सन्देश प्रवाह गर्नका लागि प्रसारण हुँदै आएको सिरियल `ए होर´ ले दर्शकको मन जित्दै गएको छ ।

त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा अध्ययनरत विद्यार्थीहरुको समूहले निर्माण गरेको उक्त हाँस्य व्यङग्य सिरियलले दर्शकको चर्चा पाउन थालेको हो ।

`ए होर´ ए.एच मिडिया युटुब च्यानलबाट प्रत्येक शुक्रबार बेलुका ६ बजे प्रसारण हुँदै आएको सिरियल ईश्वर रिजालको निर्देशन र सम्पादनमा तयार पारिएको हो ।

उक्त सिरियलमा कथा तथा संवाद दावा तामाङ र हरि पैडेल, क्रियटिभ टिम दुस्यंत थापा र जनक अधिकारी र श्रृंखला निर्देशन भविष्य नेपालले गरेका हुन् ।

हरि पौडेलले छायांकन गरेको सिरियलमा जनक अधिकारी (छोटे), दावा तामाङ (ढुकुरे बा), हरि पौडेल (रिठे बा), दुष्यंत थापा (लिक्ते), ईश्वर रिजाल (हुले बा), मनिष पौडेल (मुकुन्दे), भविष्य नेपाल (भेडे), तुलसा उप्रेती (सानु), आयुष राजवंशी (झारे), मौसम पौडेल (घोेगे), निशा आचार्य (पारु), निरजला सिलवाल र नतषा शर्माले विभिन्न भुमिकामा अभिनय गरेका छन् ।

यो सिरियल एकातिर मनोरञ्जन र अर्कोतिरबाट जनचेतना फैलाउने हिसावले निर्माण गरिएको निर्देशक ईश्वर रिजालले जानकारी दिए । सिरियल बुढाबुढीदेखि लिएर युवायुवतीसम्मलाई लक्षित गरेर निर्माण गरिएको उनले बताए ।

हाँस्य व्यङग्य सिरियल `ए होर´ झापाको मेचीनगरका विभिन्न स्थानमा छायांकन हुँदै आएको सिरियलले हालसम्म तीन अंक प्रसारण गरिसकेको श्रृंखला निर्देशक भविष्य नेपालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्