Logo

ज्वालामुखी विस्फोटपछि आइसल्यान्डमा आपत्कालीन अवस्थाको घोषणा



आइसल्यान्ड, ४ चैत । ठूलो ज्वालामुखी विस्फोट भएपछि आइसल्यान्डमा आपत्कालीन अवस्थाको घोषणा भएको छ ।

पछिल्लो तीन महिनामा आपत्काल घोषणा भएको यो चौथो पटक हो । हागाफेल र स्टोरी-स्कोगफेलको बीचमा रहेको ज्वालामुखीबाट ठूलो लाभा विस्फोट भएको बीबीसीले जनाएको छ ।

हेलिकप्टरमा प्रभावित क्षेत्रहरूमा उडान गर्नेहरूमध्येका एक विज्ञ म्याग्नस टुमी गुडमुन्डसनले विस्फोट अहिलेसम्मको सबैभन्दा शक्तिशाली भएको बताएका छन् ।

आइसल्यान्डको सबैभन्दा लोकप्रिय पर्यटकीयस्थलहरूमध्ये एक ‘ब्लु लगुन’ बाट मानिसहरूलाई सारिएको छ । लाभाको पोखरी नै जम्मा भएकाले जोखिम बढिरहेको खबरमा उल्लेख छ ।

लाभा बग्दै समुद्रमा पुग्ने सम्भावना छ । यदी समुद्री पानीसम्म पुगेमा खतरनाक ग्यास र साना विस्फोटहरू हुन सक्ने डर बढेको छ । यस्तै ज्वालामुखी विष्फोट र लाभा बढ्दै गएमा बिजुली, टेलिफोन र इन्टरनेट सेवा बन्द हुन सक्ने चिन्ता रहेको बीबीसीले जनाएको छ । आइसल्यान्डमा ३३ वटा सक्रिय ज्वालामुखी प्रणाली छन् ।

प्रतिक्रिया दिनुहोस्