Logo

बुवा लाई सम्झेर भावुक भएँ : सुहाङ नेम्बाङ

बुवासँगै चुनावी कार्यक्रममा हिँडेको अत्यन्तै याद आयो



इलाम, १५ वैशाख । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले जनताको अवस्था परिवर्तनका लागि यसलाई सुनौलो अवसरका रूपमा लिएको बताउनुभएको छ ।

शुक्रबार बिहान स्थानीय महेन्द्र रत्न बहुमुखी क्याम्पसको ‘ग’ मतदान केन्द्र पुगेर मतदान गरेपछि संचारकर्मीसंग संक्षिप्त कुरा गर्दै उहाले पहिलोपटक आफैँ उम्मेदवार बनेर मतदान गर्न पाउँदा एकदमै उत्साह महसुस भएको वताउनुभयो।

मतदानका क्रममा आफ्ना बुवा तथा एमालेका तत्कालीन केन्द्रीय उपाध्यक्ष सुवास नेम्बाङलाई सम्झिएर भावुक पनि भएको उहाले सुनाउनुभयो ।

‘मताधिकार प्रयोग गर्दागर्दै बुवा (सुवास नेम्बाङ) लाई सम्झेर निश्चय नै भावुक भएँ। डेढ वर्ष अगाडि बुवासँगै यस्तै चुनावी कार्यक्रममा हिँडेको अत्यन्तै याद आयो’, उहाले भन्नुभयो।

उहाले चुनावमा आफ्नो जित हुनेमा आशावादी रहेको प्रतिक्रिया पनि व्यक्ति गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्