Logo

रास्वपा उम्मेदवार मिलन लिम्बूले इलाम २ मा गरे मतदान



इलाम, १५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार मिलन लिम्बूले इलामको माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण माविमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ ।

माङसेबुङ २ स्थयी घर भएका लिम्बूले जनता कल्याण माविमा रहेको मतदानस्थलको ख केन्द्रबाट पहिलो मतदान गर्नुभएको हो ।

यो केन्द्रमा जम्मा १२ सय ७ जना मतदाता रहेका छन्। जसमध्ये ‘क’ केन्द्रमा ५ सय ५८ र ‘ख’ केन्द्रमा ६ सय १८ जना मतदाता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्