Logo

महाराजगञ्ज नर्सिङ कलेजमा स्ववियुकाे तालाबन्दी



काठमाडौँ, ६ चैत । काठमाडौँको महाराजगञ्ज नर्सिङ कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले तालाबन्दी गरेको छ ।

क्याम्पस प्रशासनले आफूहरूले उठाएका मागहरू सुनुवाइ नगरेको भन्दै स्ववियुले तालाबन्दी गरेको हो । बिगत १५ दिनदेखि बीएमएस अध्ययनरत विद्यार्थीहरूले एकेडेमिक र क्लिनिकल गतिविधिहरूलाई बहिस्कार गर्दै आएका थिए ।

लामो समयदेखि क्याम्पसमा डीनसँग वार्तामा बसे पनि सम्बन्धित निकायले बेवास्ता गर्ने गरेको उनीहरूको आरोप छ । सम्बन्धित निकायले बेवास्ता गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम भएको स्ववियु उप-सभापति आकृति ढकालले बताइन् । डीन कार्यालय, चिकित्सा शिक्षा अध्ययन संस्थान र क्याम्पस गरी तीनवटै निकायबाट विद्यार्थीका समस्या समाधान नगरुन्जेल ताला नखुल्ने उनको भनाइ छ ।

संस्थानले प्रवेश परीक्षा लिँदा एउटा फ्याकल्टी भनेर लिने, क्याम्पसमा आए पश्चात् परीक्षा लिँदा प्रश्नपत्र अर्कैै फ्याकल्टीको नाममा लिने गरेको स्ववियुको आरोप छ । संस्थानले स्वीकृतिपत्र पठाउँदा भित्र बीएम इनरोलमेन्ट गराउन भनेर पठाउने गरेको उप-सभापति ढकालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्