Logo

ग्लोबल आइएमईको वित्तीय साक्षरता कार्यक्रम फक्ताङ्लुङमा सम्पन्न



ताप्लेजुङ, ९ चैत । ग्लोबल आइएमई बैंक फक्ताङ्लुङ शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

“ग्लोबल मनि वुक २०२४” का अवसर पारेर बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

ग्लोबल आइएमइ बैंक फक्ताङलुङका शाखा प्रबन्धक सन्तोष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ती) रहेका थिए ।

फक्ताङ्लुङ-५ तापेथोकस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत बाल शिक्षा, कक्षा १, २ र ३ का ८० जना विद्यार्थीलाई खुत्रुक्के हस्तान्तरण गर्दै बचत गर्नुपर्छ भन्ने कुरा सिकाइएको बैंकका कर्मचारी दिवस माबोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्