Logo

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने



काठमाडौँ, १३ चैत । नेपालले ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले ब्याटिङको निर्णय लिँदै पाहुना टिमलाई फिल्डिङमा निम्त्याएका हुन् ।

नेपालले पहिलो खेलमा आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।

आज नेपालले दुई परिवर्तन गरेको छ । नेपालले अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर ललित नारायण राजवंशीलाई बेन्चमा राखेको छ भने अनिल शाह र विवेक यादवलाई मौका दिएको छ ।

नेपालको प्लेइङ ११

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा

प्रतिक्रिया दिनुहोस्