Logo

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने



काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो सामाजिक सञ्जालमा एसीसीले आठ टोलीको प्रतियोगिता बनाएर नेपाललाई पनि समेटेको जानकारी दिएको छ ।

गएको फेब्रुअरीमा भएको एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको थियो । यो हारसँगै नेपाल श्रीलङ्कामा हुने एसिया कपमा छनोट हुन सकेको थिएन । प्रिमियर कपमा फाइनल खेलेका दुई टोली यूएई र मलेसिया सिधै एसिया कपमा पुगेका थिए । तर, एसीसीले आठ टोलीको प्रतियोगिता बनाएसँगै नेपाल र थाइल्याण्डले मौका पाएका हुन् ।

अब नेपाली महिला टोलीले तेस्रो पटक एसिया कप खेल्नेछ । एसिया कपको समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र यूएई छन् ।

प्रतिक्रिया दिनुहोस्