Logo

बाबर आजम पुन: पाकिस्तान क्रिकेट टिमको कप्तान नियुक्त



पाकिस्तान, १८ चैत । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बाबर आजमलाई पुन: पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ ।

यसै वर्ष आयोजना हुने टी-२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको कप्तान बनाइएको बोर्डले जनाएको छ ।

गएको वर्ष भारतमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानी टिम सेमिफाइनलमा प्रवेश गर्न नसकेको भन्दै बाबरले सबै फम्र्याटका क्रिकेटबाट कप्तानी छोडेका थिए ।

यसअघि अन्तरिम व्यवस्थाका रूपमा टी-२० क्रिकेटका लागि तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई कप्तानीको जिम्मेवारी दिइएको थियो । शन मसूदलाई टेस्ट क्रिकेटको कप्तान बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्