Logo

रास्वपाका सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै



काठमाडौं, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।

रास्वपाका अनुसार बैठक आज बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बस्नेछ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउत नेतृत्वका दललाई पनि बैठकमा आमन्त्रण गरिएको छ।

महामन्त्री आचार्यले बैठकका लागि सबै दललाई औपचारिक पत्राचार गरिएको तथा सभापति लामिछानेले सम्बन्धित दलका नेताहरूसँग स्वयं टेलिफोनमार्फत सम्पर्क गरी सहभागी हुन आग्रह गरेको जानकारी दिएका छन्।

बैठकमा सुनसरीको पछिल्लो घटनाक्रम, शान्ति–सुरक्षा अवस्था तथा अन्य समसामयिक राष्ट्रिय विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्