Logo

मन्त्री अनुपस्थित भएपछि शिक्षा समितिको बैठक स्थगित



काठमाडौँ, २२ चैत । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठक स्थगित गरिएको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठ अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो ।

विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न बसेको बैठक करिब आधा घण्टा सञ्चालन गरेर स्थगित गरियो । दुई संशोधनकर्ताले बोलेपछि सांसद एवं संशोधनकर्ताले मन्त्री नआएको भन्दै बैठक स्थगित गर्न माग गरेका थिए ।

त्यसपछि समिति सभापति अम्बरबहादुर थापाले शिक्षामन्त्री मन्त्रिपरिषद्को बैठकमा व्यस्त रहेको जानकारी गराउँदै स्थगितको घोषणा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्