Logo

राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन जरुरी छ: अध्यक्ष नेपाल



काठमाडौँ, २२ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रसेवक कर्मचारीलाई सेवा प्रवाहमा उत्साहित गर्न पुरस्कृत र दण्ड दुवै खाले नीति अवलम्बन गर्नुपर्ने बताएका छन् ।

काठमाडौँमा आज आयोजित ‘रौतहट टाइम्स साप्ताहिक’को २६औँ वार्षिकोत्सवमा सहभागी अध्यक्ष नेपालले कुशल कर्मचारी निर्माणमा राज्यको दायित्व प्रमुख हुने बताएका हुन् । गलत गर्ने कर्मचारीलाई सजाय र इमानदार कर्मचारीलाई प्रोत्साहन दिनु आवश्यक रहेको उनको भनाइ थियो ।

“देश भ्रष्टाचारले ग्रस्त बन्दैछ”, अध्यक्ष नेपालले भने, “यसमा राज्य प्रशासनकै कमजोरी छ ।” प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष अर्थतन्त्र उकास्ने खालका नीति ल्याउन पटक-पटक छलफल गर्दै आएको उनले जिकिर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्