Logo

आज राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन



काठमाडौँ, २८ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ । नेकपा एमालेका तर्फबाट विमला घिमिरेले र नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले मंगलवार उम्मेदवारी दर्ता गरेका छन् ।

घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहेका छन् भने पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहेका छन् । माओवादीबाट निर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले सत्ता समकरण बदलिए पछि राजीनामा दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्