Logo

मोटरसाइकल दुर्घटनामा परी धनुषाका पत्रकार यादवको मृत्यु



धनुषामा, ११ वैशाख। मोटरसाइकल दुर्घटनामा परी धनुषामा एक पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक विनयकुमार यादव छन् ।

मंगलवार बिहान करिब ४ बजे उनले चलाएर जनकपुरतर्फ आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका ६ स्थित जनकपुर ढल्केबर सडकखण्डमा अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहान ६ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताउनुभयो । मृतक २८ वर्षीय यादव धनुषाधाम नगरपालिका ५ का स्थानीय बासिन्दा हुन् ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार यादवका छिमेकी ३० वर्षीय लक्ष्मी नारायण यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहको छ ।

प्रतिक्रिया दिनुहोस्