Logo

इलाम उपनिर्वाचन : मतगणना आज



इलाम, १६ वैशाख । इलाम निर्वाचन क्षेत्र २ को मतगणना आइतबार आज बिहानदेखि हुने भएको छ ।

निर्वाचन क्षेत्रका दुर्गम मानिएका चुलाचुली, माङसेबुङलगायतका क्षेत्रको मतपेटिका राति अबेर मात्र आइपुग्ने भएपछि मतगणना आज सुरु गर्ने तयारी गरिएको हो । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार केही मतदान केन्द्रको मतपेटिका ढिलो आइपुग्ने सम्भावना र मतपेटिका आएर मतपेटिका रुजु गर्न समय लाग्ने भएपछि गणनाको काम आज मात्र सुरु गर्ने अधिकृत घिमिरेले जानकारी दिनभयो ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले भोलि अहिले बिहान सर्वपक्षीय बैठक सकेपछि मात्र मतगणना गर्ने टुङ्गो लागेको बताउनुभयो। राजनीतिक दलका प्रतिनिधिले पनि आजबाट मात्र गणना सुरु गर्न सुझाव दिएको हो ।

संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो । इलाम २ मा एमालेबाट नेम्वाङका छोरा सुहाङ नेम्वाङ, काँग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु र पहिचानवादीका डकेन्द्रसिंह थेगिम बिचमा प्रतिस्पर्धा हुने देखिएको छ । इलाम २ मा राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवारले उम्मेदवारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्