Logo

बझाङमा १ बजेबाट मत गणना हुने



काठमाडौं, वैशाख १६ । बझाङ प्रदेश सभा उपनिर्वाचनको मत गणना दिउँसो १ बजेदेखि हुने भएको छ ।

भर्खरै सम्पन्न सर्वदलीय बैठकले १ बजेदेखि मत गणना गर्ने निर्णय गरेको हो ।

मतपेटीका संकलन सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको थियो ।

शनिबार भएको निर्वाचनमा ४९.१२ प्रतिशत मत खसेको थियो । प्रदेश सभा सदस्यमा ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्