Logo

इलाम–२ को ताजा मतपरिणाम

अग्रता फराकिलो बनाउँदै सुहाङ



इलाम, १७ वैशाख । प्रतिनिधि सभा अन्तगरत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले फराकिलो अग्रता बनाउँदै गइरहेको छ । १५ हजार ९६८ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ६२३ को मतान्तर वनाउनुभएको हो।

सुहाङले ६ हजार ४०३ मत ल्याउँदा  निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ४ हजार ७८० मत ल्याउनसभएको छ ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ हजार १८८ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार मत सहित चौथो स्थानमा हुनुन्छ ।

प्रतिक्रिया दिनुहोस्