Logo

इलाममा सुहाङलाई २६ सय बढी मतको अग्रता



इलाम, १७ वैशाख । प्रतिनिधिसभा सदस्य लागि इलाम निर्वाचन–२ पछिल्लो मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार सुहान नेम्वाङले आठ हजार ८९८ मत प्राप्त गर्नुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई दुई हजार ६१८ मतले पछि पार्नुभएको हो ।

कांग्रेसका खड्काले ६ हजार २८० मत प्राप्त गर्नुभएको छ । यो इलाम क्षेत्र २ अन्तर्गत फाकफोकथुम र चुलाचुली गाउँपालिकाको गणना सकिँदाको परिणाम हो ।

यसैगरी, स्वतन्त्र उम्मेदवरा डकेन्द्रसिंह थेगिमले चार हजार ६३४ मत र राट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का मिलनकुमार योङहाङ लिम्बूले एक हजार ३०५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्