Logo

बझाङमा कांग्रेसको अग्रता कायमै



बझाङ, १७ वैशाख । बझाङ क्षेत्र नम्बर १ (क)मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायम राख्नुभएको छ । सोमबार बिहानको मतगणना परिणामअनुसार उहाँले आठ हजार २२७ मत प्राप्त गर्नुभएको छ ।

ययसैगरी, उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले सात हजार ९७४ मत ल्याउनुभएको छ । कांग्रेका सिंह २५३ मतले अगाडि हुनुहुन्छ ।

त्यस्तै नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार जनकबहादुर बुढाले दुई ९९३ मत र नेकपा ९एकीकृत समाजवादी०का उम्मेदवार दिलबहादुर सिंहले दुई १६२ मत प्राप्त गर्नुभएको छ ।

यो मत परिणाम बझाङको जनपा, खप्तडछान्ना, छविसपाथिभेरा, थलारा–९, सुर्मा गाउँपालिका र मस्ता गाउँपालिका १ र २ को अन्तिम मत परिणाम हो ।

अब मस्ता ३, ४, ५, ६ र ७, तल्कोट गाउँपालिका र साइपाल गाउँपालिकाको मतगणना हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्