Logo

इलाममा २५ हजार मतगणना



इलाम, वैशाख १७ । इलाममा २५ हजार ४५१ मतगणना भएको छ । इलामको फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ १, २, ३, ४ को गणना सम्पन्न भएको हो ।

पछिल्लो परिणाम अनुसार नेकपा ९एमाले०का सुहाङ नेम्वाङले तीन हजार ३५७ मतले अग्रता कायम गर्नुभएको छ । नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार ६२ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले पाँच हजार ७५३ मत प्राप्त गर्नुभएको छ भने रास्वपाका मिलनकुमार योङहाङ लिम्बूले एक हजार ४५१ मत ल्याउनुभएको छ ।

अहिलेसम्मको मतगणनामा २६१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसपटक इलाम– २ मा ६९ हजार २८७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्