Logo

सुहाङ ३९६० मतले अगाडि



इलाम, वैशाख १७ । इलाम –२ को मतगणना कार्यमा अहिले नेकपा (एमाले) का सुहाङ नेम्वाङ ३९६० मतले प्रतिस्पर्धीलाई पछि पार्नुभएको छ । उहाँलाई ११ हजार ६१९ मत प्राप्त भएको छ ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको ७ हजार ६५९ मत आएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७ हजार ४५२ मत आएको छ । रास्वपाका मिलनकुमार योङहाङ लिम्बूको १ हजार ५९६ मत आएको छ ।

अहिलेसम्मको फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ गाउँपालिका र माई नगरपालिका –६ को मत गणना भएको छ । अहिलेसम्म २९ हजार २५२ मत गणना सम्पन्न भएको छ । यस पटक इलाम– २ मा ६९ हजार २८७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्