Logo

विर्तामोडवाट अवैध लागूऔषध सहित दुईजना पक्राउ



झापा, १० जेठ । झापाको विर्तामोडवाट अवैध लागूऔषध सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विर्तामोड नगरपालिका( ५ सुकुमबासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर र गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विर्तामोड नगरपालिका(५ बस्ने ३६ वर्षीय कृष्ण ठाकुर र सुनसरी दुहवी नगरपालिका-२ घर भई हाल झापा विर्तामोड नगरपालिका-४ बस्ने ४२ वर्षीय खड्ग नारायण चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट नयाँबसपार्क विर्तामोडबाट
खटिएको प्रहरीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्