Logo

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति



धनुषा, ११ जेठ । कान्तिपुर मिडिया ग्रूपका मालिक कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

धनुषा जिल्ला अदालतले आज दोस्रो पटक ३ दिनको म्याद थपेको हो । जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको ईजलासले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई थप ३ दिनको म्याद दिने आदेश दिएको हो । उनी ४ दिनदेखि प्रहरीको हिरासतमा थिए ।

मंगलबार काठमाडौंबाट पक्राउ परेका उनी धनुषा प्रहरीको हिरासतमा थिए् । मंगलबार साँझ काठमाडौँको थापाथलीस्थित कान्तिपुर कार्यालयबाट पक्राउ गरी धनुषा प्रहरीको जिम्मा लगाइएका उनलाई आज दोस्रोपटक म्याद थपका लागि आज पुनः जिल्ला अदालत धनुषा पेस गरिएको थियो । सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्